नियम ३१
हुलाक सेवा विभागले दायित्व स्वीकार नगर्ने
निम्नलिखित व्यवस्थामा कुनै कारवाई गरिने छैनः–
(१) आन्तरिक रजिष्टरी हुलाक वस्तुको सम्बन्धमा छ महिनाभित्र र विदेशतर्फ पठाइएको रजिष्टरी हुलाक वस्तु भएमा एक वर्ष भित्र कुनै सोधपुछ (इन्क्वायरी) नगरेमा, वा
(२) प्रेषकको लापरवाहीले अथवा दोषले क्षती हुन गएमा वा हराएमा वा हुलाकद्वारा चलान गर्न मनाही गरिएको वस्तुहरू रजिष्टरी गरी पठाएमा, वा
(३) रजिष्ट्री वस्तुमा राखिएको चीज झोलिलो, छिट्टै नाश हुन सक्ने वा विशेष छिटै फुट्न सक्ने वस्तुहरू भएमा, वा
(४) विदेशतर्फ पठाइएको रजिष्ट्ररी वस्तुको सम्बन्धमा निम्न अवस्थामा कुनै दायित्व वहन गरिने छैनः–
(अ) ठेगाना हुलाकको देशमा भएको कानूनद्वारा डेलिभरी गर्न मनाही भएको वस्तुहरू, वा
(आ) ठेगाना हुलाकको देशको हुलाक सम्बन्धी नियम बमोजिम सोधपुछ गर्ने अवधि भित्र डेलिभरी गरेको भएमा, वा
(इ) काबू बाहिरको परिस्थितिबाट हराएमा वा नोक्सान भएमा वा डेलिभरी हुन नसकेमा ।